[दिवङ्गत हजुरआमा रत्नमाया शर्मा को सम्झनामा मेरो बुबाले लेख्नु भएको केहि हरफहरु ! हजुरआमाको आत्माको चीरशान्ति को कामना !!!]
आकाशगंगामा हेरें ताराहरु देखें
धर्ती सागरमा खोजे मायाहरु भेटें
तर तिमीलाई देख्न सकिन, भन तिमी कहाँ छ्यौ ।
बारीका डल्ला पल्टाएर खोजें
खेतका आली भत्काएर खोजें
तर तिमीलाई पाउन सकिन, भन तिमी कहाँ छ्यौ ।
थाकेका मनले बिछ्यौनामा खोजें
भोको पेटले भान्सामा खोजें
तर तिमीलाई भेट्न सकिन, भन तिमी कहाँ छ्यौ ।
लखतरान ज्यानले कोठामा खोजें
निराश मनले भित्तामा देखें
तर तिमीलाई छुन सकिन, भन किन कहाँ छ्यौ ।
भावविव्हल हुदै हजार कुरा सोधें
मन थाम्न नसकेर धेरौ पटक रोए
तर तिम्रा बोली सुन्न सकिन, भन किन नबोलि बस्छ्यौ ।
मुस्कुराएका तिम्रा तस्वीरमा जीवन खोजें
ओंठ माथिका कालो कोठीमा आमा खोजें
तर तिम्रो हासों पाउन सकिन, भन ‘भोक लाग्यो होला के खान्छौ’ – किन भन्दिनौ ।
१ भाद्र २०६९
केशब लोचन शर्मा
सानोसिरुवारी, सिन्धुपाल्चोक
Date Widget : Show Today's Nepali Date in your website
Friday, August 3, 2012
Overview
DateJS (Date Widget) is a simple javascript widget to display today's Nepali date in your site. If you want to display date in Bikram Sambat (BS) dynamically, then its easy now. This widget will do that job. You can either show date in English language or in Nepali unicode. It can be configuration easily. Different date formats are available. See Settings section for available date formats. It is not necessary to include any javascript library for using this widget.Features
- Simple and easy to install
- Customizable
- Supports display language; English or Nepali
- Various date formats
- Supports time also
- Time may be in 24hr or 12hr format
- Supports multiple instance in single page




