ग्यालेक्सी एस-३ लिने हो ? [Samsung Galaxy S III Smartphone]

साम्सङ्गको नयाँ अत्याधुनिक बिशेषताले भरिएको मोबाइल ग्यालेक्सी एस ३ एन्सेलले अब किस्तामा उपलब्ध गराउने भएको छ ! इकान्तिपुरले जनाए अनुसार यो स्मार्ट फोन असार १० गते नेपाल भित्रिदै छ भने असार १३ गते बाट बिक्रि वितरण सुरु हुनेछ !

नेबिल बैंक र बैंक ओफ काठमान्डूको सहकार्यमा एन्सेलले यो स्मार्टफोन १२ महिनाको किस्तामा उपलब्ध गराउने भएको छ ! मासिक ६ हजार ५ सय को किस्ता हुने यो योजनामा १२ महिना सम्म एन्सेलको प्रो प्लान निसुल्क समाबेस गरिनेछ ! यो प्रो प्लानको मूल्य मासिक ९९९ हो !

ग्यालेक्सी एस-३ का रमाइला बिशेषताहरुमा स्मार्ट स्टे, डाइरेक्ट कल , पाल्म स्विप , टर्न ओभर आदि हो ! स्मार्ट स्टेले तपाइले मोबाइललाई आँखाले हेरुन्जेल लक् हुदैन, जब तपाइले आँखा अर्को तिर मोड्नु हुन्छ, तब स्क्रिन मधुरो हुन्छ अनि केहि बेर पछी लक् हुन्छ ! अगाडी रहेको क्यामेराले तपाइको आँखा ट्रयाक गरि रहेको हुन्छ ! डाइरेक्ट कलले तपाईलाई केहि कम बटन थिचेर कल गर्न सक्नु हुन्छ ! जस्तो तपाई मेसेज वा मिस्ड कल हेरी रहनु भएको छ, तेतिकै राखेर तपाइले फोन कानमा लानु भयो भने सिदै कल हुन्छ ! यसको टर्न ओभर झन् सजिलो छ ! मिटिंगमा हुदा यदि रिंग बज्यो भने मोबाइल लाई घोप्टो पार्दिनुस मोबाइल साइलेन्ट हुन्छ !

यस फोनमा ८ मेगा पिक्सेलको क्यामेरा छ भने अगाडी पट्टि १.९ मेगपिक्सेलको क्यामेरा छ ! १५ जीबी इन्टर्नल मेमोरी भएको यस फोनमा अन्द्रोइड ४ आइसक्रिम स्याण्ड विच इन्स्टल गरिएको छ ! ४.८ इन्चको डिस्प्ले भए पनि यसको तौल केवल १३३ ग्राम छ !

खबर बाहिर आए पनि एन्सेलले भने आधिकारिक रुपमा केहि प्रतिक्रिया देएको छैन ! आसा गरौ, यो योजना छिटो लागु होस् अनि नेपालीले सजिलै अत्याधुनिक स्मार्टफोन बोक्न पाउन ! एनटिसीको आइफोनको कुरो जस्तो तेतिकै सेलाएर नजोस भने हाम्रो चाहना हो !

For details, go to NCELL’s official website.Click Here

Specifications of Samsung Galaxy S III : GSMArena

Src: ekantipur Image: Google 😛

2 thoughts on “ग्यालेक्सी एस-३ लिने हो ? [Samsung Galaxy S III Smartphone]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.